कारोबार


दुगड ग्रुपले स्पाइसिस फुडबाट मात्रै ६ महिनामा कमायो १ अर्ब १८ करोड

दुगड ग्रुपले स्पाइसिस फुडबाट मात्रै ६ महिनामा कमायो १ अर्ब १८ करोड

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १२:८, काठमाडौँ

मोतीलाल दुगडको दुगड स्पाइसिस एन्ड फुड प्रोडक्ट प्रालिले ६ महिनामै मात्रै १ अर्ब १८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

पछिल्लो वर्ष कम्पनीको सञ्चालन आम्दानी ह्वात्तै बढेको हो। आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ८८ करोड आम्दानी गरेको उक्त कम्पनीले गएको आर्थिक वर्ष २ अर्ब ३० करोड रुपैयाँ कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेपनि कर, ब्याज, अवमूल्यनसहितको नाफा प्रतिशत भने घटेको छ। ०७७/७८ मा १०.९ प्रतिशत रहेको यस्तो नाफा गत आर्थिक वर्षमा ८.५६ प्रतिशतमा सीमित भयो।

सन् १९९९ मा स्थापना भएको कम्पनीले नमकिन, अचार, फलफुल जाम, कन्फेक्सनरिस, ड्राइ फ्रुड एन्ड नट्सलगायत उत्पादन गर्दै आएको छ। मोरङमा रहेको उद्योगको वार्षिक उत्पादन क्षमता १५ हजार मेट्रिक टन रहेको छ। 

सेन्चुरी ग्रुपले खाद्यान्य, कन्फेस्नरी, फलफुल र तरकार, केमिकल, पोलिमर, हस्पिटालिटी क्षेत्रमा लगानी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .