कारोबार


तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

नेपालखबर
बैशाख १८, २०८० सोमबार १२:४७, काठमाडौँ

कोशी प्रदेशअन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ। 

राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारीअनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ।

२०८० वैशाख १० गतेदेखि १६ गतेसम्म यो तालिम उपलब्ध गराइएको हो। स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखिएको छ। 

उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याई देशभित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिइएको हो।  नबिल दिगो बैंकिङ अवधारणाअनुरूप सामाजिक उत्तरदायित्व वहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो।

उक्त कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैंकका तर्फबाट कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति थियो। उक्त ७ दिने तालिम कार्यक्रममा ५७ स्थानीय उद्यमीहरू सहभागी थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .