ad ad

कारोबार


‘राष्ट्रिय चिया दिवस’ वैशाख १४ देखि

‘राष्ट्रिय चिया दिवस’ वैशाख १४ देखि

नेपालखबर
बैशाख १३, २०८० बुधबार १७:५२, काठमाडौँ

‘राष्ट्रिय चिया दिवस’ को २७ औं संस्करण यही वैशाख १४ गते हुने भएको छ। 

‘राष्ट्रिय चिया दिवस’ को २७ औं संस्करणको कार्यक्रम १४ गते काठमाडौंमा र १५ र १६ गते भने इलामको फिक्कलमा सञ्चालन गर्ने भएको हो। 

सो कार्यक्रमको अवसरमा नेपाली अर्थोडिक्स चियामा लागू हुने टे«साविलिटी प्रणाली को शुरुवातसँगै राष्ट्रिय चिया उद्यमीहरुलाई सम्मान समेत गरिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष डा.विष्णुप्रसाद भट्टराईले बताए। उनले यस वर्ष गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ भन्ने मुल नारासहित मनाउन लागिएको बताए। 

उनले आ.व. २०७८/०७९ को तथ्यांक अनुसार नेपालमा २० हजार २१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार ३७९ मेट्रिक टन चिया उत्पादन भएको बताए। उनले अहिले १५ हजार बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमीकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेको बताए। 

गत आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएकोमा आ.व.२०७८/०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ हजार ४९४ मेट्रिकटन चिया निर्यात भएको बताए। 

आ.व. २०७७/०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार ८२५ मेट्रिक्टन रहेकोमा आ.व. २०७८/०७९ मा बढेर १३ हजार ८८५ मेट्रिक्टन पुगेको पनि बताए।

उनले गत वर्षहरुमा भन्दा चियाको आयात पनि ४० प्रतिशत भन्दा बढीले घटेको बताए। नेपाली चियाको ९० प्रतिशत भन्दा बढी निकासी भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यातमा समस्या रहेको र मिसावटयुक्त रहेको जस्ता आरोपहरु खेप्नुपरेको भन्दै नेपाली चिया गुणस्तरयुक्त हुँदाहुँदै पनि कम मूल्यमा बेच्नुपर्दा क्षमताअनुसार नाफामुलक बन्न नसकेको गुनासो गरे।

अध्यक्ष भट्टराईले नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधि सम्बन्धी विषयमा आवश्यक अनुसन्धान नहुँदा नेपालको आफ्नै चियाको जात तथा प्रविधि विकास हुन नसकेको बताए।

उनले चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिंचाई पूर्वाधारको अभाव, भन्सार नाकाहरुमा निर्यात प्रवद्र्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिनसक्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रयोगशाला नहुनु, न्युन विनियोजित श्रोत÷साधन लगायत अन्य कृषिजन्य उद्योग सरह सहुलियत ऋण लगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको बताए। उनले बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुको विकल्प नरहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .