कारोबार


एडीबीका प्रतिनिधि र योजना आयोगका उपाध्यक्षबीच सोमबार भेटवार्ता हुने

एडीबीका प्रतिनिधि र योजना आयोगका उपाध्यक्षबीच सोमबार भेटवार्ता हुने

नेपालखबर
बैशाख १०, २०८० आइतबार २०:४२, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भोलि (सोमबार) भेटवार्ता हुने भएको छ। 

सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार ११ बजे एडीबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता हुने भएको हो। 

भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवलप्रसाद भण्डारी हुनेछन् भने एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, विज्ञ जान हानसेन लगायतको टोलि रहनेछ। 

शिष्टाचार भेटवार्तामा आयोग र एडीबीबीच सहकार्यका विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad