कारोबार


‘यात्री’ मोटरसाइकल दर्ता गर्ने कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

‘यात्री’ मोटरसाइकल दर्ता गर्ने कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

नेपालमा उत्पादित यात्री मोटरसाइकल


नेपालखबर
बैशाख १०, २०८० आइतबार ११:५८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका छन्।

तीन वर्षदेखि नेपाली सडकमा गुडिरहेको यात्री मोटरसाइकल दर्ता नहुँदा यसका उत्पादकहरु विदेशिन बाध्य भएको समाचार आएका बेला प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो।

‘यात्री’सहितका नेपाली उत्पादन दर्ता नभएकोमा आफूले गम्भीर रुपमा लिएको पनि उनले बताएका छन्। 

‘यात्री’लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु', उनले आइतवार सामाजिक सञ्जालमा भनेका छन्, 'सवारी साधन दर्ता एवम् स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .