पशुपति क्षेत्र विकास कोषले आफूसँग सम्झौता गरी पसल कवल, पार्किङ सञ्चालन गर्नेहरूलाई ७ दिनभित्र बाँकी भाडा बुझाउन अन्तिमपटक आग्रह गरेको छ। अन्यथा पसल कवल तथा पार्किङ सञ्चालकहरूलाई कालोसूचीमा राखी सम्बन्धित स्थानको चल अचल सम्पत्ति जफत गरिने चेतावनी कोषले दिएको छ।
‘मिति २०७९।११।२४ को सूचनाबमोजिम कोषलाई तिर्नु/बुझाउनुपर्ने रकम नतिर्नेहरूको हकमा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कोषको आय लेखा व्यवस्थापन शाखामा सम्पर्क गरी अनिवार्य रूपमा तिर्नु बुझाउनुहोला’, कोषले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘अन्यथा, पसल कवल तथा पार्किङ सञ्चालकहरूलाई कालोसूचीमा राखी सम्बन्धित स्थानको चल अचल सम्पत्ति जफत गरी कानुनबमोजिम सरकारी बाँकीसरह असुल उपर गरिने बेहोरासमेत यसै सूचनाद्वारा सूचित गरिन्छ।’

Shares

प्रतिक्रिया