कला


पहिचानको डर बोकी हिँडेका विजयको सकस

पहिचानको डर बोकी हिँडेका विजयको सकस

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १२:३५, काठमाडौँ

कलाकार विजय बराल मनले चाहेको बाटो हिँड्छन्। उनी फिल्म होस् या नाटक विशेष भूमिका खोज्दैनन्, जे पाउँछन् त्यसलाई न्याय गर्ने कोशिस गर्छन्। विजय आफ्नो यो कोशिसमा सफल पनि देखिएका छन्। 

विजयलाई यस्तै बन्छु भन्ने छैन, उनी जे आइपर्छ अगाडि त्यहि बनिदिन्छन्। त्यसैले फिल्ममा हिरोका सारथीका रुपमा देखिने विजय हिरोभन्दा स्वादिला लाग्छन् दर्शकलाई। पछिल्लो समय प्रदर्शन भैरहेको फिल्म ‘जारी’पनि उनको भूमिका ट्वाक्क मिलेको छ।

तर विजयलाई फिल्मको पात्रमा आफूलाई ढाल्न कठिन भएको थियो। उनी फिल्ममा सजिलोसँग लिम्बु भाषा बोलिरहेका हुन्छन्। विजयनै सबैभन्दा धेरै लिम्बु भाषा बोलिरहेका देखिन्छन्। फिल्ममा सहज देखिएका सम्बाद बोल्न बिजयलाई भने त्यति सहज भएको थिएन। 

भन्छन्, ‘सुरुमा भाषा बोल्नै नजानेर समस्या भयो। म तराईको मान्छे, मलाई मधेश थाहा छ। लिम्बु संस्कृतिसँग केही नजिक त थिएँ। भाषाको ज्ञान मलाई थिएन। सिनेमाभरी लिम्बु भाषा बोल्ने मै मात्रै छु। मलाई आफ्नो पहिचानको डर छ। आफू हुँ भन्न बोलिरहेको हुन्छु। यो सबै कुराका लागि कसरत भएको छ।’

भाषा सिक्ने क्रममा विजयले फिल्मका निर्देशक उपेन्द्र सुब्बाका बुवा साथी बनेको किस्सा सुनाए। भन्छन्, ‘बा र साथी भएको हो। उहाँले ‘आइजा जाँड खान्छस्’ भन्नु हुन्थ्यो। म खान्न भन्थेँ तर सँगै हिँड्थे। किनकी मलाई बा को पारा मन पथ्र्यो। अरुले गाली सिकाउँथे, बा ले त्यसो नभन है भन्नु हुन्थ्यो। बा सँग गाउँमा डुल्दा भाषा र भाषा अनुसारको मुड थाहा हुन्थ्यो। उहाँको संगतले मलाई सहज बनायो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad