ad ad

कारोबार


मलेसियामा पनि भ्रमण वर्ष उद्घाटन कार्यक्रम

मलेसियामा पनि भ्रमण वर्ष उद्घाटन कार्यक्रम

नेपालखबर
पुस २२, २०७६ मंगलबार १०:२४,

मलेसियाको नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को उद्‌घाटन गरेको छ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुरुप नेपाल सरकारले विदेशमा रहेका सम्पूर्ण कूटनीतिक नियोगहरुले जनवरी ०७ तारिखका दिन एकसाथ मनाउने घोषणा गरेको थियो।

मलेसियाका पर्यटनमन्त्री केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाईमा नेपाल रहनेबारे विश्वास व्यक्त गरेका छन्। उनले पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानव स्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि सबैले गर्नुपर्ने विषयमा जोड दिए।

malaysia pro 2

मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा हुनुपर्ने साझेदारी लगायतका विषयमा प्रकाश पार्दै सम्पूर्ण मलेसियन नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा व्यक्त गरे ।

कार्यक्रममा मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्री माननीय दातुक मोहमद्दिन विन केतापी प्रमुख अतिथि रहेको राजदुतावासले जानकारी दिएको छ।

उद्घाटन कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालय लगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरु, मलेसिया र नेपालवीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, टुर तथा ट्राभल्स एजेन्सीहरु, होटल, उद्योगी तथा व्यापारिक वर्ग, मिडिया लगायतका उच्चस्तरको प्रतिनिधित्व रहेको बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .