कारोबार


बैंकहरुले लिए ९१ खर्ब ७० अर्ब स्थायी तरलता सुविधा

बैंकहरुले लिए ९१ खर्ब ७० अर्ब स्थायी तरलता सुविधा

फाइल तस्बिर


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १८:१३, काठमाडौँ

महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुले स्ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) मार्फत ९१ खर्ब ७० अर्ब रुपैयाँ सुविधा लिएका छन् । 

बैंक तथा वित्तीय संस्थामा तरलता जोखिम व्यवस्थापन र सो सम्बन्धी आवश्यक व्यवस्था गर्न नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७८/७९ मा ९१ खर्ब ७० अर्ब एसएलएफ सुविधा प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

४ हजार ९०८ पटकमा उक्त तरलता प्रदान गरेको केन्द्रीय बैंकले जनाएको छ।

‘बैंक तथा वित्तीय संस्थाले तत्कालको तरलता समस्या सामाधान गर्न सुविधा लिइएको बताए पनि उक्त अवधिमा ऋण तथा लगानी वृद्धि भएको, बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएकोले एसएलएफको सुविधा तरलता समस्या समाधानमा मात्र प्रयोग भएकोमा यकिन हुने अवस्था देखिंदैन’, महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।

यस्तै २०७६/७७ मा ८३ पटकमा १ खर्ब ३ अर्ब, २०७७/७८ मा १६७ पटकमा ३ खर्ब ६१ अर्ब एसएलएफ सुविधा बैंकहरुलाई उपलब्ध गराएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad