ad ad

कारोबार


ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने लगानी बोर्डको निर्णय

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने लगानी बोर्डको निर्णय

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १७:५२, काठमाडौँ

लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ।

बिहीबार लगानी बोर्डको कार्यालयमा बसेको बैठकले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकले जलविद्युत आयोजनाहरुको काम तत्काल अघि बढाउने निर्णय गरेको बताए।

‘विदेशी लगानीदेखि स्वदेशी लगानी जुन ठूलो आकारको लगानीहरु नेपाल लगानी बोर्डमार्फत अघि बढ्छ, त्यस अर्थमा यो लगानी बोर्डको अत्यन्त महत्व छ,’ डा.महतले भने, ‘उर्जा क्षेत्रमा जलविद्युत आयोजनाहरुलाई अघि बढाउने, तल्लो अरुण ठूलो आयोजना हो, त्यस्तै अप्पर मस्र्याङ्दी, दुधकोशी २ लगायत जलविद्युत आयोजनाहरुलाई अघि बढाउने निर्णय गरेको छ।’

उनले तल्लो अरुण, अप्पर मस्र्याङ्दी, दुधकोशी २ लगायतका जलविद्युत आयोजनाहरुलाई अघि बढाउने निर्णय गरेको बताए। 

बैठकमा  सिमेन्टमा लगानी भएका आयोजना पनि उत्पादन गर्ने तहमा पुगेको बारेमा पनि छलफल भएको थियो। 

उनले रसायनिक मलको विषयमा विस्तृत अध्ययन गर्न दुई वैदेशिक लगानी कर्ताहरुलाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको बताए।

अर्थमन्त्री महतले ठूला आयोजनालाई अघि बढाउने र आगामी दिनमा लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा बैठकमा विशेष छलफल भएको बताए।

स्वदेशी र विदेशी लगानीकर्ताले कुनै समस्या बिना चाँडो भन्दा चाँडो नेपालमा लगानी गर्न सकुन् र लगानीमार्फत आर्थिक समृद्धि हुन सकोस् भन्नेकुरा बैठकमा छलफल भएको बताए।

‘विभिन्न चरणमा भएका ठूला आयोजनालाई अघि बढाउने र आगामी दिनमा लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा छलफल भयो,’ बैठकबारे जानकारी दिँदै डा. महतले भने, छकार्यविधि, ऐनमा संशोधन गर्नेकुरा उठेका छन्, त्यसमा सरकारले आवश्यक निर्णय लिन्छ नै । आगामी दिनमा इन्भेष्टमेण्ट समिट गर्नेकुरा उठेको छ। त्यसको उपयुक्त समय छलफल गरी निर्णय गर्ने छलफल भएको छ।’

लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री महतले इन्भेष्टमेण्ट समिट गर्ने बारेमा पनि बैठकमा छलफल भएको बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्न आवश्यक रहेको औंल्याएको मन्त्री महतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .