सेयरबजारमा बुधबार देखिएको उत्साह बिहीबारको गिरावटसँगै छायाँमा परेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार अघिल्लो दिन ९२ अंकले बढेको बजार बिहीबार २९.०७ अंकले घटेको हो।
बुधबार बैंकर्स संघको ब्याजदर घट्ने निर्णयसँगै लगानीकर्ता उत्साहित हुँदा बढे पनि बिहीबार त्यो उत्साह कायम हुन सकेन। फलस्वरुप नेप्से २९ अंकले घटेर १९३४.४७ विन्दुमा रोकिएको हो।
आज १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँको मात्र कारोबार भएको छ। जुन अघिल्लो दिनको तुलनामा कम हो।
आज ४९ लाख कित्ता सेयर बिक्री भएका छन् भने ४४ हजार पटक कारोबार भएको छ।
योसँगै २८ वटा कम्पनीको सेयर मूल्य बढे पनि १८६ वटाको घटेको नेप्सेले जनाएको छ। आज तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
सोसँगै आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मौलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। बिहीबार लगानीकर्ताले ५.५० प्रतिशतसम्म गुमाएका छन्।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।
Shares
प्रतिक्रिया