ad ad

कारोबार


लघुवित्तहरुमा एनएफआरएस लागू, अब यस्तो हुन्छ वित्तीय विवरण

लघुवित्तहरुमा एनएफआरएस लागू, अब यस्तो हुन्छ वित्तीय विवरण

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १४:४२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका लघुवित्तहरुमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) लागू गरेको छ।

राष्ट्र बैंकले (घ) वर्गका लघुवित्त संस्थालाई एकीकृत निर्देशन, २०७८ संशोधन गरी राष्ट्रियस्तरका लघुवित्तलाई एनएफआरएस लागू गरेको हो। 

बैंकको निर्देशनमा तोकिएको अवस्थाबाहेक वित्तीय विवरणहरु नेपाल लेखा मापदण्ड ‘एनएएस’ अनुसार तयार गर्नुपर्नेछ। 

नेपाल लेखा मापदण्डले समावेश नगरेका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय लेखा मापदण्ड ‘आईएएस’ वा ‘आइएफआरएस’लाई आधारको रुपमा लिनुपर्नेछ। 

थोक कर्जा कारोबार गर्ने, सर्वसाधारणबाट निक्षेप संकलन गर्ने तथा राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्नेछ।

यसअघि थोक कर्जा कारोबार गर्ने संस्थाले मात्र एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .