ad ad

कारोबार


ग्लोबल आईएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा विशेष छुट

ग्लोबल आईएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा विशेष छुट

नेपालखबर
चैत २७, २०७९ सोमबार १९:४३, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ।  

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउनेछन्। 

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले  १० प्रतिशत वा १,००० रुपैयाँसम्म छुट पाउनेछन्। 

छुट पाउनका लागि प्रयोगकर्ताहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ। एक जनाले एक चोटी मात्र छुट पाउने कम्पनीले जनाएको छ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २८ देखि २०८० बैसाख १ गतेसम्म मान्य रहनेछ। 

यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु हो। बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ। 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .