कारोबार


आईएमई पेबाट चारवटा एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने

आईएमई पेबाट चारवटा एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने

नेपालखबर
चैत २३, २०७९ बिहिबार १३:२४, काठमाडौँ

आईएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले रिफन्डेबल एयरलाइन्स टिकट फिचर ल्याएको छ। 

यसअन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्नेछन्।

कम्पनीका अनुसार पछिल्लो समयमा आईएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरेसँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उद्देश्यले आईएमई पेसँग जोडिने प्रक्रिया सुरु भएको छ। 

आईएमई पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्नेछन्।

ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूणर् मुल्य रिफन्ड पनि पाउन सक्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad