कारोबार


प्रुडेन्सियलको विशेष सभा, आईएमई जनरलसँग गाभिएपछि चुक्ता पुँजी ३ अर्ब २ करोड पुग्ने

प्रुडेन्सियलको विशेष सभा, आईएमई जनरलसँग गाभिएपछि चुक्ता पुँजी ३ अर्ब २ करोड पुग्ने

नेपालखबर
चैत २२, २०७९ बुधबार १६:५, काठमाडौँ

प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा बुधबार होटल इच्छा, सिमरा, बारामा सम्पन्न भएको छ। 

हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोहीबमोजिम आजको विशेष साधारणसभा बोलाइएको हो। 

विशेष साधारणसभामा अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे सभालाई जानकारी गराएका थिए। 

सभामा अध्यक्ष अग्रवालले अग्रवालले दुवै कम्पनीको गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डीडीए रिपोर्ट समेतको आधारमा सेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिएपश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने जानकारी दिए। 

कम्पनी गाभिएपश्चात् हुने कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमतालाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा सञ्जाललगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको जानकारी गराए। 

नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना विशाल ग्रुप र आइएमई ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे। 

सोही अवसरमा कम्पनीहरु गाभिएपश्चात् बन्ने कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पुँजी ३ अर्ब २ करोड, शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसैगरी व्यवसाय करिब ४ अर्ब हुने जानकारी समेत सभालाई गराए। 

त्यसैगरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पुँजीेको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने व्यहोरा समेत जानकारी गराए। 

संस्था गाभिएपछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ। 

गाभिएपश्चात् प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संसाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुनेछ। 

जसले संस्थाको वित्तीय जग बलियो हुने, सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पूँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुनेछ। 

गाभ्ने÷गाभिने (मर्जर) कार्यले आगामी दिनमा सेयरधनीहरु तथा सम्पूर्ण सरोकारवालाहरू हालको तुलनामा बढीभन्दा बढी लाभान्वित हुने बारेमा सभालाई जानकारी गराए।

साथै, विशेष साधारण सभामा प्रस्तावित विशेष प्रस्तावहरु विशेष साधारण सभाले सर्वसम्मतिबाट पारित गरेको सभामा जानकारी गराए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad