सेयरबजार कारोबार रकम ओर्लिएको छ।
बुधबार ८१ करोड ६० लाख रुपैयाँको मात्रै सेयर कारोबार भएको हो।
आज नेप्से ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा पुगेको हो।
बुधबार ६४ कम्पनीको सेयर घटे पनि १४६ कम्पनीको बढेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज कालिञ्चोक दर्शन र सानिमा ग्रोथ फन्डका लगानीकर्ताले कमाए पनि अन्य लगानीकर्ताले उल्लेख्य कमाउन सकेका छैनन्।
त्यस्तै लगानीकर्ताले आज ७.१४ प्रतिशतसम्म गुमाएका छन् भने सर्वाधिक कारोबार शिवम् सिमेन्टको ६ करोड ४३ लाखको भएको नेप्सेले जनाएको छ।
24
Shares

प्रतिक्रिया