नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्स्ना श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता नजिकिँदै गर्दा रामचन्द्र संघाईको समूह रोजेकी छिन्।
यो समूहबाट चुनाव जित्न सहज भएकाले आफू संघाई समूहमा लागेको उनले बताएकी हुन्।
यसअघि अन्जन श्रेष्ठको समूहमा रहेकी उनले आइतबार मात्रै संघाई समूहमा आफूलाई खुलाएकी थिइन्।
क्याम्प बदल्नुको कारणबारे उनले भनिन्, ‘निर्वाचन जित्नको लागि कुन समूहमा सहज हुन्छ त्यसमा जाने हो। मलाई संघाईको टिममा सहज लागेर आएको हुँ।’
श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठले पत्रकारहरुको सुझाव दिने भनेर बोलाई योजना नबनाई टिम घोषणा गरेको बताइन्।
उनले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहन सहज हुने बताइन्। संघाईको समूहमा सहज लागेकाले श्रेष्ठको समूह छोडेको पनि बताइन्।
व्यवसायीको चुनावी सरगर्मी, अञ्जनको टिम छाडेर ज्योत्स्ना लागिन् संघाई क्याम्पमा
उनले श्रेष्ठ समूहलाई भनेर नै आफूलाई सहज लाग्ने ठाउँमा आएको भन्दै श्रेष्ठको समूहलाई छोडेर आउँदा धोका दियो भन्न नमिल्ने बताइन्।
उनले एउटै समूहका सबैजना एउटै पदमा उठ्न नमिल्ने र एसोसिएट उपाध्यक्षमा तीन नभई दुई मात्रै उम्मेदवार निर्वाचनमा जाने वातावरण बनाउन आएको दाबी पनि गरिन्।
उनले सकारात्मक सोचका साथ श्रेष्ठको प्यानल छाडेर संघाईको प्यानलमा आएको बताइन्। अहिले घोषणा भएका तीनवटै टिम बलियो रहेकोले मतदाता व्यवसायीहरुको समस्यामा नेतृत्वदायी भूमिका खेल्नसक्ने टिमलाई मतदान गर्न उनको आग्रह छ।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। संघाईको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ छन्। न्युज एजेन्सी नेपालबाट
Shares

प्रतिक्रिया