नेपाल नागरिक उड्डयन प्राधिकरणमा जगन्नाथ निरौला र नविना कर्माचार्यको १२औँ तहमा बढुवा भएको छ।
शनिबार नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले २ जनालाई उपमहानिर्देशकमा बढुवा गरेको हो।
११औँ तहमा रहेका प्रवक्ता निरौला र कर्माचार्य १२औँ तहमा बढुवा भएका हुन्।
गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्द दाहालको अवकाशसँगै एक पद खाली थियो।
अर्को भने १ वर्ष अघिदेखि खाली थियो। १२औँ तहमा पुग्ने नविना दोस्रो महिला हुन्।
66
Shares
प्रतिक्रिया