होटल एसोसिएसन नेपाल (हान) का केन्द्रीय अध्यक्ष सिर्जना राणाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूहरु तयार रहेको बताएकी छन्।
क्षेत्रीय होटल संघ तनहुँको आठौँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले नेपाल भ्रमणमा आउने विदेशी पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्न होटल व्यवसायी प्रतिबद्ध रहेको बताइन्।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय सदस्य युवराज श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बराल, चेम्बर अफ कमर्स तनहुँका अध्यक्ष महेन्द्रमोहन भट्टराईलगायतले होटल व्यवसाय मर्यादित हुनुपर्नेमा जोड दिएका थिए।
अधिवेशनले राम जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा वासुदेव अधिकारी, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर थापा, महासचिव चन्द्रकुमार कायस्थ, सचिवमा चिजकुमार श्रेष्ठ, कोषाध्यक्षमा सनतकुमार श्रेष्ठ र सदस्य जीवन शाही, सुनिता पन्थ, संगीता प्रधान चयन भएका छन्। रासस

प्रतिक्रिया