नेपाल भेटेरिनरी एसोसिएसनको आफ्नै भवन बन्ने भएको छ। सोमबार भवन शिलान्यास गरिएको छ।
नागार्जुन नगरपालिका वडा नं. ४, वाफलमा विशेष कार्यक्रमका बीच हिन्दू परम्पराअनुसार शिला पूजा र ताम्रपत्र अनावरण गरी एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले भवनको शिलान्यास गरेका हुन्।
करिब ११ आना जग्गामा निर्माण हुने भवन आर्थिक वर्ष २०८१/८२ सम्ममा निर्माण सम्पन्न हुने जनाइएको छ । चारतले बहुद्देश्यीय उक्त भवन निर्माणका लागि बोलपत्र आह्वानसमेत भइसकेको छ।
शिलान्यास कार्यक्रममा ब्राह्मणबाट स्वस्ती वाचन गरिएको थियो भने कार्यक्रममा करिब १०० जना अग्रज पशु चिकित्सकहरूको उपस्थिति थियो।
भवन निर्माणका लागि एसोसिएनले सबै सदस्य पशु चिकित्सकबाट ५ हजार रुपियाँका दरले आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखेको जानकारी संस्थाका सचिव डा. रामचन्द्र सापकोटाले दिए।
शिलान्यास समारोह भवन निर्माण समितिका संयोजक डा. श्रीराम अधिकारीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा अग्रज भेटेरिनरियन डा. प्रह्लाद सापकोटा, डा. केबी श्रेष्ठ, डा बीकेपी शाहलगायतले पनि आफ्नो भनाइ राखेका थिए।
प्रतिक्रिया