ad ad

कारोबार


बूढीगण्डकीले खर्च गर्न नसक्दा १ अर्ब ४० करोड अन्य आयोजनामा रकमान्तर

बूढीगण्डकीले खर्च गर्न नसक्दा १ अर्ब ४० करोड अन्य आयोजनामा रकमान्तर

नेपालखबर
चैत ६, २०७९ सोमबार १९:२५, काठमाडौँ

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट फागुन महिनामा मात्रै १ अर्ब ४० करोड रुपैयाँ रकमान्तर भएको छ। उक्त रकमान्तर बूढीगण्डकी जलविद्युत आयोजनाबाट मात्रै भएको हो। 

अर्थ मन्त्रालयका अनुसार नदी नियन्त्रण परियोजनाको लागि अर्थात्  नारायणी नदी व्यवस्थापन आयोजना, चितवनको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माण कार्य गर्नको लागि ४० करोड रुपैयाँ रकमान्तर भएको हो। 

१ अर्ब रकम भने सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको लागि रकमान्तर भएको हो। सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजना टीबीएम मेसिनले सुरुङ खन्न थाले पनि उक्त आयोजनाको भौतिक प्रगती लक्ष्य भन्दा माथि गएको छ।

जसकारण भुक्तानी समेत बढाउन परेपछि बूढीगण्डकी आयोजनाबाट १ अर्ब रकमान्तर गरिएको हो। 

अर्थ मन्त्रालयका अनुसार फागुन महिनामा कुल १ अर्ब ६५ करोड रुपैयाँ रकमान्तर भएको छ। जसमा भौतिक पूवार्धार तथा यातायत मन्त्रालयको दुई आयोजना समेत रहेको छ।

उत्तर दक्षिण राजमार्ग, कर्णाली कालिगण्डकी करिडोरको १० करोड रकम मदन भण्डारी राजमार्गमा रकमान्तर गरिएको हो। 

त्यस्तैगरी प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नती कार्यक्रमको १५ करोड रुपैयाँ सूर्यविनायक धुलिखेल र कोटेश्वर त्रिपुरेश्वर सकडमा रकमान्तर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .