कारोबार


७ महिनामा वाणिज्य बैंकहरुले गरे ३९ अर्ब नाफा, नबिलको सबैभन्दा धेरै

ग्लोबल, आरबीबी र एनआईसीबीच प्रतिस्पर्धा
७ महिनामा वाणिज्य बैंकहरुले गरे ३९ अर्ब नाफा, नबिलको सबैभन्दा धेरै

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १६:१५, काठमाडौँ

वाणिज्य बैंकले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ३९ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेका छन्।

गत वर्ष यसै अवधिमा वाणिज्य बैंकले ४० अर्ब २४ करोड रुर्पयाँ नाफा गरेका थिए। चालू आवको नाफा गत वर्षको तुलनामा घटेको हो। 

माघ मसान्तमा नबिल बैंकले सबैभन्दा धेरै नाफा गर्न सफल भएको छ। नबिल बैंकले ४ अर्ब १३ करोड रुपैयाँ नाफा गरेको छ। 

त्यसैगरी एनआइसी एसियाले ३ अर्ब ६७ करोड, ग्लोबल आईएमईले ३ अर्ब ५३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड रुपैयाँ नाफा गर्न सफल भएका छन्। 

त्यसैगरी नेपाल बैंकले १ अर्ब ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २ करोड, हिमालयन बैंकले १ अर्ब २९ करोड, नेपाल एसबीआईले १ अर्ब ३८ करोड, एभरेष्टले १ अर्ब ८८ करोड, माछापुच्छ्रेले १ अर्ब १७ करोड, कुमारी बैंकले १ अर्ब ५३ करोड र लक्ष्मी बैंकले १ अर्ब २८ करोड रुपैयाँ नाफा गरेका छन्। 

सिद्धार्थले १ अर्ब ४५ करोड, कृषि विकास बैंकले १० करोड, सिटिजन्स बैंकले १ अर्ब २ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ९९ करोड, सनराइज बैंकले ८६ करोड, एनएमबी बैंकले २ अर्ब २३ करोड र सानिमा बैंकले १ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेका छन्।

तत्कालीन सिभिल बैंक (हाल हिमालयन बैंक)ले ७७ करोड रुपैयाँ नाफा गरेको छ भने माघ मसान्तमा प्रभु बैंकको नाफा सार्वजनिक भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad