ad ad

बागमती


मैले गरेका हस्ताक्षरमा प्रश्न उठ्नेछैन, उठे सामना गर्छु : रवि लामिछाने

मैले गरेका हस्ताक्षरमा प्रश्न उठ्नेछैन, उठे सामना गर्छु : रवि लामिछाने

नेपालखबर
फागुन २९, २०७९ सोमबार १५:२२, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्रीको पदभारमा रहँदा गरेका निर्णयहरु कुनै पनि प्रश्न  खडा गर्ने खालको नभएको बताएका छन्।

सोमबार चितवनको सौरहामा भएको केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले निर्णयमा हस्ताक्षर गर्दा विवादित निर्णयमा हस्ताक्षर नै नगरेको र गरेका निर्णयमा प्रश्न उठ्ने ठाउँ नरहेको बताएका हुन्।

उनले भने, ‘पदको लोभ यसकारण छ। जुन पदमा पुगेर जनताको सेवा गर्न पाइन्छ। मैले गृहमन्त्री बन्दा ४०/४१ वटा हस्ताक्षर गरेको रहेछु। त्यो हस्ताक्षर गरेको निर्णयहरुमा एउटा पनि प्रश्न आएको छ भने म सामना गर्न सक्छु।’

देशमा आएको राजनीतिक उथलपुथलले रास्वपालाई हजारौं समस्या र चुनौती ल्याएको बताउँदै सभापति लामिछानेले यस्ता प्रत्येक चुनौती र समस्यालाई पन्छाउँदै यहाँसम्म आइपुग्न सकेकोमा गर्व गर्नुपर्ने बताए।

अन्य राजनीतिक दलले अहिलेसम्म नभोगेका समस्या रास्वपाले ७ महिनामै भोगेको समेत लामिछानेले बताए।

चितवनको सौरहामा आइतबारदेखि सुरु प्रशिक्षण कार्यक्रम सोमबार समापन हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .