कारोबार


‘चिनी उत्पादक र आयातकर्ता एउटै हुँदा समस्या’

‘चिनी उत्पादक र आयातकर्ता एउटै हुँदा समस्या’

नेपालखबर
पुस १७, २०७६ बिहिबार ११:३४,

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उखु खरिद गरी चिनी उत्पादन गर्ने र चिनी अयात गरी व्यापार गर्नेहरु एउटै हुँदा समस्या आएको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चिनी उत्पादक र व्यापारीको एउटै नाम आएको बताउँदै उनीहरुले नै चिनीको कृत्रिम अभाव र कालोबजारी गर्ने तथा उखु किसानहरुलाई भुक्तानी नगरेको बताएका छन्। उनले उखु किसानको समस्या क्रोनिक जस्तो बनेको बताउँदै यो समस्या हरेक वर्ष उठ्ने गरेको बताए।

उनले किसानले उखुको भुक्तानी मात्र नपाउने नभई उद्योगीहरुले सरकारले किसानलाई उपलब्ध गराएको अनुदान समेत नदिने गरेको बताए। भुक्तानी नदिनेहरुलाई सम्बन्धित मन्त्रालयले कडा कदम चालेको बताउँदै मन्त्री बाँस्कोटाले गृह मन्त्रालयले समेत समातेर क्षतिपूर्ति दिलाउने कामका लागि पहल गरिरहेको जानकारी दिए।

उनले किसानलाई सरकारले दिने अनुदान पठाउने माध्यम ठिक नभएको बताउँदै किसानको हातमा सिधै जाने बाटोको खोजी गरिरहेको समेत जानकारी दिए। अहिले उखु किसानलाई सरकारले दिने अनुदान सम्बन्धित चिनी मिल सञ्चालक मार्फत उपलब्ध गराउँदै आएको छ।

तर उखु मिल सञ्चालकहरुले किसानलाई सरकारले अनुदान दिएको रकमसँगै उखुको भुक्तानी समेत समयमा नदिँदा उखु किसानहरु आन्दोलित भएका छन्। सरकारले उखु किसानलाई प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad