मोरङको बेलबारीमा एका व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
बेलबारी १ नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले श्रीमती देवी महतको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
बेलबारीका प्रहरी प्रमुख उदय राणाका अनुसार बिहीबार दिउँसो १२ बजेतिर धारिलो हतियार टाउकोमा प्रहार गर्दा उनको घटनास्थल मै मृत्यु भएको थियो। श्रीमतीको हत्यापछि हेमकर्ण भने फरार भएका प्रहरीले जानकारी दिएको छ।
हेमकर्णका दुई श्रीमती थिए। मृतक देवी जेठी हुन्। कान्छी श्रीमती भने विराटचोकमा छुट्टै बस्ने गरेकी थिइन्।
हेमकर्ण र देवीको बेलबारीमै मासु पसल रहेको छ।
फागुन २५, २०७९, बिहीबार
प्रतिक्रिया