कारोबार


आईसीटी क्षेत्रमा योगदान गर्ने एक सय एक महिलालाई सम्मान

आईसीटी क्षेत्रमा योगदान गर्ने एक सय एक महिलालाई सम्मान

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १२:४५, काठमाडौँ

वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक महिलाहरूलाई सम्मान गरेको छ।

फागुन २४ गते होटल हायात प्लेसमा आयोजना भएको कार्यक्रममा आईसीटी क्षेत्रमा योगदान गर्ने १०१ महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गरेकी छिन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रुपमा सांसद सुमना श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्ट, यूएन वुमनकी अन्जना वैद्य, आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल लगायतको उपस्थिति थियो । 

सो कार्यक्रममा प्रविधिबाट कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारेमा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ विषयमा कन्फ्रेन्सको पनि सञ्चालन भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूको महिला सशक्तीकरणमा विशेष जोड दिएका थिए ।

‘कि-नोट’ वक्ताको रुपमा रहर्को प्रतिनिधि सभाकी सांसद सुमना श्रेष्ठले महिलालाई सशक्तीकरण गर्नुपर्ने बताएकी थिइन्। कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनिटीकी पूर्वकार्यक्रम संयोजक एलिसा राज भण्डारीले आईसीटीमा लैङ्गिक समानता प्रवर्द्धन गर्न विश्वव्यापी पहलहरूको बारेमा प्रस्तुति दिएकी थिइन्। 

यस्तै नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयकी निर्देशक मिनु प्रधानले फाइभजी प्रविधि र त्यसको प्रभावले स्मार्ट शहर, स्मार्ट समुदाय, स्मार्ट परिवार जस्ता स्मार्ट समाजको विकासमा फाइभीले ल्याउने लैंगिक समानताको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री शर्माले महिला श्रमिक दिवस सङघर्ष, एकता र विजयको प्रतिक भएको बताइन्। प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार नभएको बताउँदै उनले प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्थामा जोड दिइन्। 

कार्यक्रममा विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्टले नेपालमा डिजिटल परिवर्तन र डिजिटल रूपान्तरणमा फरक छुट्याउन नसकिएको बताउँदै उनले ‘इन्नोभेसन र प्रविधिले लैंगिक समानता कायम गर्न सक्ने विचार व्यक्त गरिन्।  

त्यस्तै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐनमै तोकेर बोर्ड सदस्यमा एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिएका थिए । 

वुमन इन इन्फरमेसन टेक्नोलोजी अर्थात सूचना प्रविधिमा महिला (डब्लुआइआइटी) को आयोजनामा हुने उक्त कार्यक्रमलाई नेपाल टेलिकम इन एसोसिएसन विथ र लिभिङ विथ आईसीटी सहयोगी संस्थाको रुपमा सहकार्य गरेको थियो । 

डब्लुआईआईटी आईसीटी क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता र उनीहरुलाई थप प्रोत्साहनको लागि स्थापना गरिएको गैरसरकारी संस्था हो । संस्थाले महिलाहरुका लागि विभिन्न वर्कशप, सेमिनार, ह्याकाथन, वार्षिक प्रकाशन, नेटवर्किङ कार्यक्रम, डिजिटल साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

संस्थाले काठमाडौं बाहिर पनि पोखरा र अन्य क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ। संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तर्रास्ट्रिय संस्थाहरुको सहकार्यमा सूचना प्रविधिको क्षेत्रमा महिलाको उपस्थितिलाई गर्विलो बनाउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad