कारोबार


विमा र गेट नेपालको आयोजनामा ‘सिस्टरहुड अन ह्विल्स’ सम्पन्न

विमा र गेट नेपालको आयोजनामा ‘सिस्टरहुड अन ह्विल्स’ सम्पन्न

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १२:५६, काठमाडौँ

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वुमन्स इन्टरनेशनल मोटर साइकल एसोसिएसन (विमा) नेपाल र गेट नेपालको संयुक्त आयोजनामा काठमाडौंदेखि ककनीसम्मको मोटरसाइकल र्‍यालीको आयोजना भएको छ। 

र्‍यालीमा करिब ७० जना महिला राइडरसको सहभागिता रहेको थियो। 

नेपाल अटोमोवाइल्स स्पोर्टस एसोसिएसन (नासा), कपुरी ब्रदर्श इन्टरप्राइजेज, कवच गिर्यर, सगरमाथा इन्सुुरेन्स, मेघा अस्पताल र तारा गाँउ रिसोर्ट सहकार्यमा सम्पन्न कार्यक्रमको ट्राभल पार्टनरका रुपमा घुमन्ते र एक्सप्लोर हब नेपाल रहेका थिए। 

कार्यक्रममार्फत संकलित कोषलाई रसुवा जिल्लाको ग्रे गाउँको आदिवासी तामाङ्ग समुदायको स्थानीय महिलाद्वारा संचालित होम स्टे र दिगो पर्यटनमा प्रयोग गरिने जनाइएको छ। 

सिस्टरहुड अन ह्विल्स नाराका साथ काठमाडाँै सीतापाइलाबाट सुरु भई ककनीको तारागाउँ रिसोर्टमा समापन गरिेएको करिब २८ किमिको सो र्‍यालीमा विभिन्न क्षेत्रका महिलाहरुले आफ्ना  प्रेरणादायी कथाहरु र बाइक राइडिङ अनुभव प्रस्तुत गरेका थिए। 

कार्यक्रममा सेफ्टी राइडिङसम्बन्धी अभिमुखीकरण दिइनु का साथै नासा नेपाल र बीमा नेपालका अभियानका बारेमा जानकारी दिइएको थियो। 

कार्यक्रमको अन्त्यमा स्लो बाइक  कम्पिटिसन तथा मोबिलिटी स्कुटरका बीचमा रेस आयोजना गरिएको थियो। 

सोही कार्यक्रमको अवसरमा नासा नेपालको महिला लक्षित अभियान ‘हन्ड्रेड गर्ल्स इन मोटरसाइक्लिङ’ सार्वजनिक गरिएको थियो जस अन्तर्गत १०० जना महिलालाई बाइक रेसिङ, टुरिङ सम्बन्धि तालिम प्रदान गर्ने तथा प्रतियोगिता आयोजना गरिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad