ad ad

कारोबार


नेपालको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय उडान गर्ने महिला टोलीलाई ओलीले दिए बधाई

नेपालको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय उडान गर्ने महिला टोलीलाई ओलीले दिए बधाई

नेपालको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय उडान गर्ने महिला टोली।


नेपालखबर
फागुन २४, २०७९ बुधबार १८:५८, काठमाडौँ

नेपालको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय उडान गर्ने महिला टोलीलाई पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्। 

पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतसहित सबै क्रु मेम्बर महिला भएको टोलीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को  एयरबस ‘ए’–३२० जहाज आज दुबईबाट काठमाडौँ ल्याएको हो। सबै क्रु मेम्बर महिला भएको टोलीले अन्तर्राष्ट्रिय उडान गरेको यो नै पहिलो भएको निगमले जनाएको छ। 

यही फागुन २० गते राति ११ बजे काठमाडौँबाट महिला चालक दलले दुबई उडाएको सो जहाज आज बिहान ४ बजेर ५५ मिनेटमा दुबईबाट उडेको थियो भने बिहान १० बजे काठमाडौं (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) अवतरण गरेको थियो। जहाजमा दुईजना महिला पाइलटसँगै एयरहोस्टेजहरू पुरअन्जक महर्जन, संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए। 

उक्त महिला टोलीलाई एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।   

‘अघि बढ्दै छन् नेपाली महिला! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो’, ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतलगायत उहाँहरूको टिमलाई हार्दिक बधाई!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .