ad ad

कारोबार


सिबिफिनले भन्यो– बैंक तथा वित्तीयसंस्थामाथिका उच्छृंखल गतिविधि नियन्त्रण गर

सिबिफिनले भन्यो– बैंक तथा वित्तीयसंस्थामाथिका उच्छृंखल गतिविधि नियन्त्रण गर

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १६:१९, काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघले पछिल्लो समय बैंक तथा वित्तीय संस्थालक्षित गतिविधि भएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। 

परिसंघका सचिव कुश प्रसाद मल्लीले विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रमाथि भएका अराजक गतिविधि नियन्त्रण गर्न माग गरेका हुन्। 

‘विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको छ’, उनले भनेका छन्।   

बैंकिङ सेवा अत्यन्तै संवेदनशील क्षेत्र भएको बताउँदै सिबिफिनले यस्ता उच्छृंखल, अव्यावहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्नेजस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशनको माग गरेको छ।  

‘कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याई आवश्यक कारवाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गंभिर ध्यानाकर्षण गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ। 

देशको अर्थव्यवस्था नै धराशायी बनाउने गरी पछिल्ला कदम रचिएका सिबिफिनले ठहर गरेको छ। 

उसले यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहन आग्रह समेत गरेको छ। 

‘देशको अर्थतन्त्रको रक्तसञ्चारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न/गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा हार्दिक अपिल गर्दछौँ’, सिबिफिनले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .