ad ad

कारोबार


भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

नेपालखबर
फागुन १७, २०७९ बुधबार १७:३६, काठमाडौँ

भारतबाट पेट्रोल डिजेललगायतका इन्धनको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर पठाएको हो। 

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्याङ्कन गर्दै मूल्य घटबढ गर्ने सम्झौता छ। 

जसअनुसार आज १ तारिखमा नयाँ मूल्य भारतले पठाएको हो।  नयाँ मूल्यअनुसार खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आएको छ। 

नेपाल आगल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा , डिजेल प्रतिलिटर पाँच रुपैया, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा, हवाइ इन्धन पाँच रुपैयाँले घटेर आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .