कारोबार


एशियन हाइड्रोपावरको आईपीओ ओपनिङ रेञ्ज २९८ रुपैयाँ

एशियन हाइड्रोपावरको आईपीओ ओपनिङ रेञ्ज २९८ रुपैयाँ

नेपालखबर
फागुन १४, २०७९ आइतबार १६:४२, काठमाडौँ

एशियन हाइड्रोपावर लिमिटेडको पहिलो कारोबारका लागि अधिकतम २९८ रुपैयाँसम्मको ओपनिङ रेञ्ज पाउने देखिएको छ।

कम्पनीको आव २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ ९९.६० रुपैयाँ रहेको छ। यसअनुसार पहिलो कारोबारका लागि कम्पनीले न्यूनतम १०० देखि अधिकतम २९ रुपैयाँसम्मको रेञ्ज पाउने भएको हो।

नेप्सेले पहिलो पटक नेप्सेमा सूचीकृत भई धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने कम्पनीलाई नेटवर्थको तीन गुणासम्म अधिकतम मूल्य रेञ्ज तोक्ने गरेको छ।

कम्पनीको आईपीओ आज (फागुन १४ गते) बाँडफाँट भएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले गोलाप्रथा प्रक्रियाबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। यस अनुसार ६९ हजार ७२० जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad