नेपाल बिमा प्राधिकरणले नयाँ लघु बिमा कम्पनीहरूलाई चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ।
डेढ महिनाभित्र पुँजी जुटाउन निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए। प्राधिकरणले तोकेको समयभित्र पैसा जम्मा गरेर आए कम्पनीहरूले लाइसेन्स पाउँछन्।
लघु बिमा कम्पनी सञ्चालन गर्न करिब ७५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने प्रावधान छ।
‘कम्पनीहरूले संस्थापक समूहतर्फ ७० प्रतिशत पुँजी जुटाउनुपर्ने नियम छ। संस्थापक समूहतर्फ ७० प्रतिशत पुँजी जुटाएर आए लाइसेन्स दिन्छौं’, सिलवालले भने।
अनुमति पाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन्।
निर्जीवनतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स छन्। सो कम्पनीहरूले हालसम्म चुक्ता पुँजी नजुटाई बसेपछि प्राधिकरणले थप समय दिएको हो।
Shares

प्रतिक्रिया