ad ad

कारोबार


जजिरा एयरवेजले मार्चबाट मात्रै भैरहवामा फेरि उडान गर्ने

जजिरा एयरवेजले मार्चबाट मात्रै भैरहवामा फेरि उडान गर्ने

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १२:१४, काठमाडौँ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मार्चबाट मात्रै पुनः उडान गर्ने भएको छ।

मौसम खराबीको कारण देखाउँदै उडान रोकेको कम्पनीले मार्च पहिलो हप्ताबाट उडान थाल्ने भएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले रातिको समयमा मौसम अझै सफा नभएकाले जजिराले उडान  तत्काल नगर्ने जनाएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मौसमकै करण देखाएर उडान तालिका नलिएको जानकारी दिए। 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट लेन्डिङ सिस्टम (आईएलएस) सञ्चालनमा ल्याउन नसक्दा मौसम खराब हुँदा जहाज अवतरण गर्न नसक्ने अवस्था सिर्जना भएको छ। आईएलएस जडानको लागि भारतसँग कूटनीतिक पहल नै आवश्यक रहेको प्राधिकरणले बताउँदै आएको छ। 

‘जजिरा एयरवेजले रातिको समयमा उडान गर्थ्यो। त्यो समयमा मौसम अझै सफा भएको छैन’, उडान अनुमति शाखाका डाई म्यानेजर ज्ञानेन्द्र भुलले भने, ‘फेब्रुअरी २० मा उडान गर्ने भनेको थियो। मौसम सफा नहुँदा रिस्कमा उडान नगर्ने भन्ने भएको छ।’

प्राधिकरणले समेत मौसम सफा भएसँगै उडान गर्न उपयुक्त हुने सुझाव दिएको भुलले जानकारी दिए। पोखरामा हालै विमान दुर्घटना भएकाले मौसम खराब भएकै अवस्थामा उडान गर्न उपयुक्त नभएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .