बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको बुधबार १ महिना पूरा भएको छ।
माघ ३ गते पदबहाली गरेसँगै मन्त्री भण्डारीले मन्त्रालयमा गरेका प्रतिबद्धता अनुसारका केही काम अगाडि बढेका हुन्।
मन्त्री भण्डारीले पद बहाली गरेकै दिन प्रतिबद्धताहरु सार्वजनिक गर्दै मातहतका निकायहरुलाई निर्देशन दिएका थिए।
बढ्दो व्यापारघाटा न्यूनीकरण, पेट्रोलियम पदार्थको सहज आपूर्ति, खाद्यान्न आपूर्ति सहजताको लागि मन्त्रालयका सबै अङ्ग तथा साधन स्रोतको परिचालन, कोही भोकै नपरोस्, भोकले कोही नमरोस् भन्ने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने उनको प्रतिबद्धता थियो।
रुग्ण उद्योगहरुको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने, रुग्ण उद्योगहरुको सञ्चालनमा विशेष जोड दिने, समस्याहरुको गीत गाउनुुभन्दा समाधानका ढोका खोल्न जरुरी रहेको, धेरै प्रश्न उठ्ने आपुर्ति व्यवस्थापनलाई सहज बनाउने, उपलब्ध स्रोत र सम्भावनाहरुलाई उजागर गर्दै सरकारको २१ बुँदे साँझा कार्यक्रमलाई सफल पार्न सबै पक्ष प्रतिवद्ध रहनुपर्ने बताएका थिए। व्यक्तिगत समय नभनी मन्त्रालयको काममा खटिएर सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुले समेत आत्मगौरव प्राप्त हुनेगरी कार्य विवरण अनुसार दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए।
यसैगरी विगतमा उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सुरुवात गरेका राम्रा कामहरुको निरन्तरता, निर्णय तथा कार्य प्रक्रियामा पूर्ण पारदर्शिता र आवश्यकता अनुसार विज्ञहरुको यथेष्ट सल्लाह सुझाव सहित मन्त्रालयको काम अगाडी बढाउने वचनवद्धता समेत व्यक्त गरेका थिए।
सोहि प्रतिवद्धताका आधारमा मन्त्री भण्डारीले यस अवधिमा १ दर्जन बढी महत्वपूर्ण कामहरुको थालनी गरेका छन्। मन्त्रालयबाट पेट्रोलियम अन्वेशणको कार्य अघि बढाइएकोमा मन्त्री परिषदबाट समेत दैलेखमा ४५ रोपनी जग्गा प्राप्तीको निर्णय पारित भएको छ। पेट्रोलियम विद्येयकको मस्यौदामा अर्थ मन्त्रालय र कानून मन्त्रालयको सहमतीको लागि अगाडि बढाइएको छ।
१३ माघमा कञ्चनपूर स्थीत दोधारा चादनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रकृया अगाडी बढाइएकोमा मन्त्री भण्डारीले भारतीय राजदुत नवीन श्रीवास्तवसंग दुई पक्षीय सहमतीका लागि छलफल गर्नुभएको छ भने, प्रधानमन्त्री प्रचण्ड र मन्त्री भण्डारी सम्बन्धीत क्षेत्रमा पुगेर ३बर्ष भित्र बन्दरगाहको काम सम्पन्न गर्ने प्रतिवद्धता गरेकाछन्। यो संगै कोभिड १९ रोगका कारण समयमै निर्माण हुन नसकेको रसुवा स्थीत टिमुरे सुख्खा बन्दरगाहका लागि पुनः निर्माण सम्झौता भएको छ।
धौवादी फलाम उद्योग लगायत अन्य ३वटा सिमेन्ट उद्योग सम्म पुग्ने पहुँच मार्गको लागि ९ करोड ६७ लाख रकमान्तर गरि निकासा समेत गरिएको छ। मन्त्रालय अन्तरगत २० ओटा औद्यौगीक ग्रामका लागि थप रकम निकासा भएको छ। औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधी लिमिटेडमा महाप्रवन्धक नियुक्तिको प्रकृयामा रहेको छ।
भारतबाट पैठारी हुने गहुँ र चिनीको निर्यात सम्बन्धी कार्य अघि बढाइएकोमा नेपालका २५ कम्पनीहरुलाई १०हजार ६सय ३६मेट्रिक टन चिनी आयात गर्न पहल भएको छ। जस अन्तरगत आन्तरीक वितरणको व्यवस्था गर्नेगरी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई सहमति दिइएको छ।
यस्तै २९ माघमा नेपाल–भुटान ५औँ दुई पक्षीय सहसचीव स्तरीय व्यापार वार्ताका लागि वार्ता टोली पठाइसकेको छ। मन्त्री भण्डारीले मन्त्रालय सम्हालेपश्चात् विगतमा रोक्का भएका करिब १ दर्जन महत्वपूर्ण कामहरु प्रक्रियामा रहेका छन्।
उनले काठ्माण्डौँ बाहिरको पहिलो भ्रमण कपिलवस्तु जिल्लाबाट गरेका थिए। उनी आफ्नो गृह प्रदेश सुदूरपश्चिममा भने २ पटक पुगेका छन्। धनगढीको गेटामा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालयकोसहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मन्त्रीमण्डलबाटै नामाकरण भई कार्यान्वयन प्रकृयामा जाने भएको छ। उक्त विश्वविद्यालय संचालनका लागि मन्त्री भण्डारी र नेकपा एमाले पार्टी सचीव लेखराज भट्टले विगतदेखि पहल गरेका थिए।
मन्त्री भण्डारीसँग हालसम्म तीन देशका राजदुतहरुले भेट गरेका छन्। भेटका क्रममा केहि महत्वपूर्ण विषयहरुमा छलफल भएको छ।
Shares

प्रतिक्रिया