ad ad

कारोबार


नेपाल वाल प्लास्टको ठेकेदार भेटघाट कार्यक्रम

नेपाल वाल प्लास्टको ठेकेदार भेटघाट कार्यक्रम

नेपालखबर
फागुन ३, २०७९ बुधबार १८:१३, काठमाडौँ

नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले टायल एडेसिभ : ठेकेदार भेटघाट कार्यक्रम आयोजना गरेको छ। 

नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले एनपीएम बिल्ड सोलुसन, मध्यपुर ठिमीको सहकार्यमा यही फागुन २ गते मध्यपुर ठिमीमा कार्यक्रम आयोजना गरेको हो।  

नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिका प्रबन्धनिर्देशक नरेश प्रसाद साहले कम्पनीको नेतृत्व गर्दै आफ्नो उत्पादन मध्य टायल एडेसिभको गुणस्तर, विशेषता, बजार आवश्यकता तथा विदेशी उत्पादन भन्दा उत्कृष्ठ रहेको बारे जानकारी दिए। 

यसैगरी एनपीएम बिल्ड सोलुसन, मध्यपुर ठिमीसँगको सहकार्य अझ प्रगाढ हुनेमा विश्वस्त रहेको जनाए। एनपीएम बिल्ड सोलुसनका बजार प्रबन्धक दिनेश दाहालले मध्यपुर ठिमीको नेतृत्व लिदै मुख्य डिलरको भुमिका निर्वाह गर्नेमा जोड दिए। 

यसैगरी घर निर्माण क्षेत्रमा डेढ दशक लामो अनुभव बोकेका गोपाल थापा र श्याम थापाले पनि नेपाल वाल प्लास्टका उत्पादन प्रयोगको अनुभव सहभागीहरुलाई सुनाएका थिए।

उनका अनुसार काम गर्न सरल, छिटो तथा बलियो हुने हुँदा उनीहरु कामको उत्पादकता तथा आम्दानीमा वृद्धि भएको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .