कारोबार


५० करोड पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्ने

५० करोड पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्ने

नेपालखबर
माघ २६, २०७९ बिहिबार १६:२८, काठमाडौँ

पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या बढ्दै जान थालेको छ। सहकारीमा समस्या देखिनथालेसँगै सहकारीमा सञ्चालक भाग्ने थालेका छन्। 

सहकारीका सञ्चालक भाग्न थालेपछि सर्वसाधारण बचतकर्ताको अर्बौ रुपैयाँ डुब्ने अवस्था बनेको छ। सहकारीको समस्यालाई बढ्न नदिन सरकारले सहकारी ऐन, २०७४ संशोधन गरी कडाई नीति ल्याउन लागेको छ। 

सरकारले सहकारी ऐन २०७४ लाई संशोधन गरेर सहकारी विभाग र विभागका रजिष्ट्रारलाई थप अधिकार प्राप्त बनाउन लागेको हो।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन २०७४ सहित अन्य ऐन पनि संशोधनका लागि संसदमा पेश गर्ने निर्णय गरेको थियो। सहकारी ऐन संशोधन मस्यौदामा सहकारी विभागका रजिष्ट्रारको अधिकारलाई विस्तार गर्ने प्रस्ताव छ। 

मस्यौदामा विभाग र विभागको रजिष्ट्रारको अधिकार र जिम्मेवारी बढाएको छ। ऐनमा सम्पत्ति शुद्धीकरण, आतंककारी क्रियाकलापमा वित्तीय लगानी वा आम विनासका हातहतियार निर्माण तथा विस्तार र त्यसमा वित्तीय लगानीको विषयलाई स्पष्ट पारिएको छ।

सहकारी ऐनको संशोधनपछि सहकारी विभागको रजिष्ट्रार वा तोकिएको अधिकारीलाई कुनै पनि सहकारी संस्थालाई अनुगमन तथा निरीक्षण र कानुन अनुसार जुनसुकै सहकारीलाई कारबाही गर्न सक्ने गरी अधिकार प्रदान गर्न लागिएको छ। हाल सहकारीहरु संघीय, प्रदेश र पालिकाले हेर्न मिल्ने व्यवस्था छ।

साथै पचास करोड रुपैयाँ वा सो भन्दा बढी पुँजी भएका सहकारीको नियम राष्ट्र बैंकलाई दिइने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad