विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये २० प्रतिशत बोनस सेयर रहेको छ भने १.०५२६ प्रतिशत नगद लाभांश रहेको छ।
माघ १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ।
21
Shares
प्रतिक्रिया