ad ad

कारोबार


सातामा १३ अर्बको कारोबार, मौद्रिक नीति समीक्षा कुर्दै सेयरबजार

सातामा १३ अर्बको कारोबार, मौद्रिक नीति समीक्षा कुर्दै सेयरबजार

केशर बोगटी
माघ २१, २०७९ शनिबार १५:१०, काठमाडौँ

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ अर्ब ८१ करोडको कारोबार भयो। अघिल्लो साता (४ दिन कारोबार हुँदा समेत) नेप्सेमा १२ अर्ब ८४ करोडको कारोबार भएको थियो। यो साता कारोबार सँगै नेप्से परिसूचक घट्यो। साताभर नेप्से परिसूचक ८८.७६ अंकले घट्यो। 

नेप्से परिसूचक घट्दा कारोबार घट्नुलाई सामान्य रुपमा हेरिन्छ। तर, नेप्से घटेर कारोबार बढ्दा आगामी कारोबार दिनको लागि सकारात्मक मानिन्छ। 

साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार २१८३.२१ विन्दुबाट सुरु भएको कारोबार बिहीबार (साताको कारोबारको अन्तिम दिन)सम्म आइपुग्दा ८८.७६ अंकले घटेर २०९४.५४ विन्दुमा झर्यो। 

आइतबार नेप्से परिसूचक १४.६८ अंक, सोमबार ४१.१६ अंक र मंगलबार १५.७० अंकले घटेको बजारमा बुधबार करेक्सन भयो। अर्थात बुधबार नेप्से ४.९७ अंकले बढेर पुनः बिहीबार २२.१२ अंकको गिरावट आयो। 

समग्रमा यो साता सेयरधनीको लागि अपेक्षाजनक रहेन। २२ सयको प्रतिरोध तोड्न नसकेपछि बजार पुनः २१ तल झर्यो। लगानीकर्ता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई पर्खर बसेको देखिन्छ। मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षाले १२ करोडको सीमा परिमार्जन गरिने हल्लाले सेयर बिक्रीकर्ता घटेर सेयर बिक्री गर्न इच्छुक नदिँदा खरिदकर्ता भने मोलमोलाइ गरेर देखिन्छ।

क्रेता र बिक्रेता दुवैले मौद्रिक नीतिको प्रतिक्षा गरिरहेको देखिन्छ। अघिल्लो साता २२ सयलाई तोड् खोज्दा बैंकहरुको त्रैमासिक रिपोर्ट अपेक्षाजनक नदेखिएपछि लगानीकर्ता बैंकमा चासो नदेखाउदा २२ विन्दु  माथि उक्लिन सकेको थिएन। 

अन्तत: बजार २१ विन्दु तल झरेको छ। साताको सुरुवाती दिनमा बजार निरन्तर ओरालो लाग्दै लगानीकर्ता मोलमोलाइ गरी सेयर खरिदतिर लाग्दा बजार २१ सय विन्दु लत आएको हो। यो साता बिक्रेताको मनोबल उच्च पार्दा बजार धेरै तल आउनबाट जोगिएको हो।  

साताभर सबैभन्दा धेरै कमाउने कम्पनी 
साताको पहिलो कारोबार दिन आइतबार बजारमा लुम्बिनी जनरल इन्स्योरेको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य ४६२ रुपैयाँ पुगेको थियो। साताको अन्तिम कारोबार दिन आइपुग्दा ५३८ रुपैयाँ पुगेको छ।

सोही दिन बाराही हाइड्रोपावरले १० प्रतिशतले बढेर ५३४ रुपैयाँ, इष्र्टन हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य ४५१ रुपैयाँ र आर्दश लघुवित्तको ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३१७ रुपैयाँ पुगेको थियो।

अन्तिम कारोबार दिन (बिहीबार)सम्म आइपुग्दा आदर्श लघुवित्तको सेयरमूल्य १९२८ रुपैयाँ पुगेको छ। त्यसैगरी लम्बिनी जनरल इन्स्योरेन्सको ५३८ रुपैयाँ, बाराही हाइड्रोपावरको ५७३ रुपैयाँ र इस्टर्न हाइड्रोपावरको ४७७ रुपैयाँ पुगेको छ। 

यो साता आदर्श लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भए। त्यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इष्र्टन हाइड्रोपावरका लगानीकर्ता कमाउन सफल रहे। यो साता हालै आईपीओ जारी गरेका हाइड्रोपावर र आर्दश लघुवित्तको सेयर खरिदकर्ता धेरै हुँदा सेयरमूल्य बढेको छ। 

यो साता सबैभन्दा धेरै कारोबार 
साताको पहिलो कारोबार दिन आइएमइ जनरल इन्स्योरेन्सको ९ करोड ९९ लाखको कारोबार गरेको थियो। सोही दिन हिमालयन ऊर्जा विकास कम्पनीले ९ करोेड २१ लाख, एनआईसी एशिया बैंकको ७ करोड १३ लाख र अँखुखोला हाइड्रोपावरले ६ करोड ८३ लाखको कारोबार भएको थियो।

सोमबार सूर्याज्योति लाइफको १७ करोड ६५ लाख, रिडी पावरको १० करोड ४८ लाख र पिपुल्स हाइड्रोपावरको ९ करोड ५६ लाखको कारोबार भएको थियो। मंगलबार रिडी पावरको सेयरमूल्य १९ करोड २० लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोड ३७ लाख, गुँरास लाइफको ७ करोड ६७ लाख र एनआइसी एशिया बैंकको ७ करोड १० लाखको कारोबार भएको थियो। 

बुधबार नेपाल बैंकको ५ करोड ९३ लाख, रिडी पावरको ४ करोड ९२ लाख, एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख र लुम्बिनी जनरलको ४ करोड ३९ लाखको कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन बिहीबार स्टान्डर्ड चार्टड बैंकको १० करोड १३ लाख, एनआइसी एशिया बैंकको ५ करोड ५० लाख र आइएमई जनरल इन्स्योरेन्सको ४ करोड ९० लाखको कारोबार भएको छ।  

यो साता एनआइसी एशिया बैंक, रिडी पावर कम्पनी, आइएमई जनरल इन्स्योरेन्सको कारोबार धेरै भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .