ad ad

कला


बलिउड कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने

बलिउड कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १८:५१, काठमाडौँ

भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने भएका छन्। फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिनेछन्।

शुक्रबार होटल मेरियडमा एक कार्यक्रमबीच आयोजक आइ लाइभ नेपालले कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो।

कार्यक्रममा आइ लाइभ नेपालका प्रवक्ता रविन्द्र कार्कीले ‘नेभरल्याण्ड कन्सर्ट’ संगीतिक प्रेमीका लागि अकल्पनिय होस् र छुट्टै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको बताए।

‘सांगीतिक प्रर्यटन बढाउने उदेश्यले पनि कार्यक्रम आयोजना हुन लागेको हो’, कार्कीले भने ‘नेपालमा सांगीतिक पर्यटनको विकास तथा सांगीतिक उद्योग अगाडि बढाउन कोसेढुङ्गा साबित होस् भन्ने अपेक्ष कन्सटको छ।’ 

‘नेभरल्याण्ड कन्सर्ट’ नेपाली समाजमा नयाँ र प्रभावकारी कन्सट हुने अपेक्षा आफूले लिएको कार्कीले सुनाए।

‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ। रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरी नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीका सिक्किमका र्यापर युएण्डबी क्बल प्लाटिनममा प्रस्तुत हुनेछन्।

ग्ल्याबो लोसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ आयोजकका अनुसार कार्यक्रममा भब्य र सब्य हुनेछ। जसको सुरक्षाका लागि ३०० बाउन्सर खटिनेछन्। ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिनेछ।

कार्यक्रममा प्रस्तुत हुन लागेका किङ भारतीय र्यापर, गीत लेखक तथा गायक हुन् । पछिल्लो समय युवा–पुस्तामाझ निकै लोकप्रिय उनको नयाँ नजरिया, मान मेरी जान निकै हिट छन् । स्टेज नाम डिभाइन भनेर चिनिने भिभियन विल्सन फर्नान्डेज पनि भारतीय र्यापर हुन्।

त्यस्तै, आस्था गिल भारतीय गाायिका हुन्। उनको पानी पानी, कमरिया, अभि तो पार्टी सुरु हुई हे लगायतका गीत निकै चर्चित छन्। उनले गीत ‘ये मेरा बम्बे’ चर्चा पाउन थालेका थिए। उनको ‘मेरे गली मे’ गीत पनि निकै चर्चित छ।

श्रुष्टि तवाड पनि मे नहीँ तो कौन बेबाट चर्चामा आएकी भारतीय गायिका हुन्।

‘नेभरल्याण्ड कन्सर्ट’का लागि स्टेज तथा म्युजिक सिस्टम आयोजकले भारतबाट मगाएको छ।

कार्यक्रममा समय उदास, बिनय गौतम, शुदिक्षा अधिकारी, पंकज सिंह, पूजा धामी, शिर्षक महतलगायले कार्यक्रमको बारेमा आआफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .