भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान रकम घटाएको छ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बुधबार पेश गरेको भारतको युनियन सरकारको २०२३/२०२४ को बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान शीर्षकमा विनियोजन गरेकी हुन्।
गत वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान छुट्याइएको थियो। त्यसमा ४ अर्ब २५ करोड भारु भारतले नेपाललाई भुक्तानी गरिसकेको छ।
सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो।
कुनलाई कति?
छिमेकीलाई दिने अनुदानमा यो वर्ष भारतले हेरफेर गरेको छ।
मौरिसस : ४ अर्ब ६० करोड ७९ लाख भारु
म्यानमार : ४ अर्ब (भारु)
अफगानिस्तान : २ अर्ब भारु
बंगलादेश : २ अर्ब भारु
भुटान : २४ अर्ब ५८ लाख (ऋण र अनुदान)
श्रीलंका : १ अर्ब ५० करोड
माल्दिभ्स : ४ अर्ब भारु
मंगोलिया : ७ करोड भारु
प्रतिक्रिया