कारोबार


सेञ्चुरी बैंक र ब्लु क्रस अस्पतालबीच सेवामा सहुलियत दिने सम्झौता

सेञ्चुरी बैंक र ब्लु क्रस अस्पतालबीच सेवामा सहुलियत दिने सम्झौता

नेपालखबर
पुस १३, २०७६ आइतबार १०:३०,

सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वर, काठमाण्डौंस्थित ब्लु क्रस अस्पताल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ।

बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो।

सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रा.लि.का कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad