सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरेको हो।
ज्ञवाली भूकम्पपछिको पुनर्निर्माणका लागि बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए।
माघ १६, २०७९, साेमबार
129
Shares
प्रतिक्रिया