कारोबार


माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्केट वितरण

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्केट वितरण

नेपालखबर
माघ १६, २०७९ सोमबार १५:३६, काठमाडौँ

माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १, उदयपुरको सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ। 

सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो ।

यसैगरी बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरसामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ । 

बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको थियो।

माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad