कारोबार


रिकभर भयो महालेखाको ह्याक भएको सफ्टवेयर

 रिकभर भयो महालेखाको ह्याक भएको सफ्टवेयर

नेपालखबर
पुस १३, २०७६ आइतबार १०:१९,

महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको छ।

महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय कोष व्यवस्थापन प्रणाली’ (सूत्र) ह्याक भएकोमा अहिले सबै तथ्याङ्कहरु रिकभर गर्न सफल भएको जनाएको छ।

सह–महालेखा नियन्त्रक रमेश प्रसाद शिवाकोटीले पुस ४ गते उक्त सफ्टवेर ह्याक भएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए। उनले मंसिर ११ गते देखि पुष ४ गतेसम्मको सबै तथ्याङ्कहरु नष्ट भएकोमा गत शुक्रबार रिकभर गर्न सफल भएको बताए।

उनले स्थानीय तहको ३९ हजार भौचर नष्ट भएकोमा १७ हजार भौचर पुनः प्रवृष्टि गरिएको बताउँदै अहिले सबै तथ्याङ्क रिकभर भएपछि सोमबारदेखि सबै स्थानीय तहको हराएको भौचर सिस्टममा देखाउने बताए।

उनले सफ्टवेर ह्याक भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरिसकेको र कसले कहाँबाट ह्याक ग¥यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत जानकारी दिए।

२०७६ वैशाख २३ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयपछि सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले २०७५/०७६ बाट स्थानीय तहको बजेट, राजश्व र लेखाङ्कनको व्यवस्थापन गर्ने सफ्टवेर ‘सुत्र’ कार्यान्वयनमा ल्याएको थियो ।

‘सुत्र’ ह्याक भई तथ्यांक हराउँदा अधिकांश स्थानीय तहको लेखासम्बन्धी काम प्रभावित भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad