ad ad

कारोबार


ग्लोबल आईएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ग्लोबल आईएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

नेपालखबर
माघ १३, २०७९ शुक्रबार १९:४२, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु सहयोग गरेको छ। 

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरे। 

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई वितरण गराएको छ। 

ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

कार्यक्रममा बैंकका शहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङ लगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .