कारोबार


८५ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

८५ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

नेपालखबर
माघ ५, २०७९ बिहिबार १५:३९, काठमाडौँ

सेयरबजारमा आज ३ अर्ब ४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २४६ कम्पनीको ८२ लाख ४७ हजार सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो। 

दिनभरिमा ५८ हजार ६६५ पटक खरिदबिक्री भएको थियो। योसँगै बजार पुँजीकरण ३१ खर्ब ४५ अर्ब र तरलता ११ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। 

आज बजार परिसूचक नेप्से ५.७१ अंकले बढेको हो। योसँगै ८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ वटाको घटेको र १४ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी अर्थात् १० प्रतिशत कमाएका छन्। त्यस्तै मैलुङ खोला हाइड्रोको सेयर पनि ९.५४ प्रतिशतले बढेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर ७.२० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता १७ रुपैयाँ आम्दानी गरेका छन्।

त्यस्तै ग्रिन भेन्चर्सका लगानीकर्ताले ६.७१ प्रतिशत आम्दानी गरेका छन् भने श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको पनि ६.१० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता २२.४० रुपैयाँ आम्दानी गरेका छन्। 

आज कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी ८.८९ प्रतिशत गुमाएका छन्। यसबाहेक लक्ष्मी लघुवित्तका सेयरधनीले पनि प्रतिकित्ता ६९ रुपैयाँ गुमाएको नेप्सेले जनाएको छ। 

बजारमा आज सर्वाधिक कारोबार एनआईसी एसिया बैंकको १८ करोडको भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad