ad ad

कारोबार


१ अर्ब रुपैयाँ बढीको एनआईबीएल ग्रोथ फन्ड योजनाका इकाइ बाँडफाँट

१ अर्ब रुपैयाँ बढीको एनआईबीएल ग्रोथ फन्ड योजनाका इकाइ बाँडफाँट

नेपालखबर
माघ ४, २०७९ बुधबार १८:११, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वकोे एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गतको ‘एनआईबीएल ग्रोथ फण्ड’ योजना इकाइ बाँडफाँट भएको छ। 

प्रतिइकाइ १० रुपैयाँ अङ्कित दरको १६ करोड इकाइहरु बाँडफाँट भएको हो। 

यसका लागि पुस ७ गतेदेखि पुस २१ गतेसम्म सार्वजनिक रुपमा बिक्री आह्वान गरिएको थियो। उक्त योजनाको इकाइ बाँडफाँट माघ ३ मा सम्पन्न भएको हो। 

१६ करोड इकाइहरुमध्ये बीजपुँजीबापत १ प्रतिशत अर्थात् १६ लाख इकाइ योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाइ कोष प्रवर्द्घक  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी कुल निष्काशन गरिने इकाइमध्ये ३ करोड २० लाख इकाइ सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाइको बिक्री खुल्ला गरिएको थियो। 

सो अवधिभित्र ४२ हजार ६० आवेदकहरुमार्फत ९ करोड ९३ लाख ६७ हजार ९ सय इकाइका लागि मात्र रीतपूर्वक आवेदन भई योजनाको आकार जम्मा १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार हुने भएको र योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल लिमिटेडले बीजपुँजीको रुपमा ६३ लाख २१ हजार थप गरी रीतपूर्वक आवेदन दिने सबैलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम ३ गते बाँडफाँट गरिएको हो। 

६३ लाख २१ हजार रुपैयाँ थप गरी योजनाको आकार १ अर्ब ३२ करोड रुपैयाँ कायम गरिएको क्यापिटलले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .