कारोबार


धमाधम सडक अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठ, समयमै काम सक्न निर्देशन

धमाधम सडक अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठ, समयमै काम सक्न निर्देशन

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार १७:१, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र विकासको स्थलगत निरीक्षण गर्न उपत्यकाबाहिर  पुगेका छन्। 

मन्त्री श्रेष्ठले  स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि, निर्माणसँग सम्बन्धित निकाय र  सरोकारवालाबीच भरतपुर महानगरपालिका कार्यालयमा छलफल गरेका हुन्। 

उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक हस्तक्षेप गरेर गुणात्मक आर्थिक, सामाजिक रुपान्तरण र समृद्धि निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए। 

भरतपुर मेयर दाहालले बसपार्क चोकदेखि देवघाटचोकसम्मको बाइपास निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको, मेघौलीसम्मको बाँकी सडक सम्पन्न गर्न बजेट विस्तार गर्नुपर्ने, महानगरबाट पश्चिम गोलाघाटमा पुल आवश्यक भएको र माडीठोरी सडकलाई गति दिनुपर्ने बताएकी थिइन्। 

‘सरकारको एक तिहाइ बजेट यहि मन्त्रालयमा छ। हामीले सुशासन, यातायात क्षेत्रको सुधार र भौतिक पुर्वाधारमा भ्रष्टाचार र अनिमियताको अन्त्य गरेर  देशलाई बिकासको गति दिनु छ,’ उनले भने। 
 

उपप्रधानमन्त्री श्रेष्ठले असाध्यै ढिलासुस्ती गरिएको गुनासो आएको भन्दै अनुगमनमा सक्रियता देखाएका हुन्। सो क्रममा निर्माण व्यवसायीले असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छन्। 
 
त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले नारायणगढ–बुटवल सडक खण्डका परामर्शदाता र कन्ट्याक्टरलाई भेटी कामलाई गुणस्तरसहित तदारुकताका साथ सम्पन्न गर्न निर्देशन दिने कार्यक्रम समेत छ।

यसअघि सोमबार साँझ उनले गोरखाको आँबुखैरेनी पुगेर मुग्लिङ–पोखरा सडक खण्डको निर्माण प्रगतिबारे आयोजना निर्देशक,कन्ट्याक्टर र परामर्शदातासङ्ग छलफल  गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .