हिमालयन बैंक लिमिटेडले बैंकको विभिन्न शाखाहरुमा क्यास रिसाइक्लर मेसिन (सीआरएम) सञ्चालनमा ल्याएको छ।
हाल बंैकले सातवटा सीआरएम बंैकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दै छ भने यसको संख्या बढ्ने क्रम जारी छ ।
सीआरएमबाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झन्झटविना नै खातामा रकम जम्मा तथा झिक्न सक्नेछन्। सो मेसिनबाट रकम जम्मा गर्दा विना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ।
मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन्। हिमालयन बैंकको यस सुबिधाले बंैकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बंैकको विश्वास छ।
बैंकले कुल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटीएम र ६ हजारभन्दा बढी पस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ ।
Shares
प्रतिक्रिया