कारोबार


युट्युब हेरेर स्वचालित घन बनाए, गाउँपालिकाबाट नगदसहित सम्मान पाए

युट्युब हेरेर स्वचालित घन बनाए, गाउँपालिकाबाट नगदसहित सम्मान पाए

नेपालखबर
पुस २०, २०७९ बुधबार १७:३९, दमौली

फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ। लामो समयदेखि आरन व्यवसाय सञ्चालन गरिरहेका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो। 

चितवनको कालिका नगरपालिका–४ स्थायी ठेगाना भई हाल आँबुखैरेनी गाउँपालिका–५ बस्ने विश्वकर्मालाई गाउँपालिकाले नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गरेको हो। परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पुर्‍याएबापत विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। अध्यक्ष चुमानले भने, ‘लामो समयदेखि आरन व्यवसाय गरिरहेका उहाँले आधुनिकीकरणमा पुर्‍याएको योगदानस्वरुप प्रोत्साहन गर्न नगदसहित सम्मान गरेका हौँ।’

फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन निर्माण गरेको विश्वकर्माले जानकारी दिए। फलाम गाल्न घन हान्न कम्तीमा दुई जना मानिस चाहिने भएकाले स्वचालित घन बनाएको उनले बताए। युट्युब हेरेर करिब रु ३० हजारको लागतमा स्वचालित घन बनाएको विश्वकर्माको भनाइ छ। 

विश्वकर्माका अनुसार खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिने र घनको चाललाई नियन्त्रण र बन्द खुट्टाबाटै गर्न सकिनेछ। आरन व्यवसाय सञ्चालन गरी विश्वकर्माले आम्दानी गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .